RBN Online खबर

टिम प्रमोदबाट अनुया तामाङले जितिन् ‘द भ्वाइस किड्स’ को उपाधि

२०८१ भदौ २ गते

काठमाडौँ । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि टिम प्रमोदबाट अनुया तामाङले जितेकी छिन्।
शनिबार राति भएको फिनालेमा  कोच प्रमोद (प्रमोद खरेल) को टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्।

विजेता बनेसँगै उनले ट्रफीसहित १० लाख रुपैयाँ सहित थुप्रै पुरस्कारहरू जितेकी छिन्।

फिनालेमा ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्वितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा थिए।

यसपटक झण्डै १७ हजार बालप्रतिभा शोको डिजिटल अडिसनमा सहभागी थिए। त्यसबाट विभिन्न चरण पार गर्दै फिनाले भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top