RBN Online खबर

हिमालयन लाइफ शखंमुल शाखाले अभिकर्ता सम्मान तथा तिज बिशेष कार्यक्रम

२०८१ भदौ १४ गते

काठमाडौँ । हिमालयन लाइफ शखंमुल शाखा द्वारा आयोजित अभिकर्ता सम्मान तथा तिज बिशेष कार्यक्रम गरेको छ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडल शखंमुल शाखा द्वारा आयोजना गरिएको अभिकर्ता सम्मान तथा तीज बिशेष कार्यक्रममा‌ बाग्मती प्रदेश उप प्रमुख जितेन्द्र कुमार साह प्रमुख अतिथि, बिशेष अतिथी कलंकी शाखा प्रमुख हेमन्त तिवारी अतिथि बिमा रत्न दामोदर गौतम, अतिथि सिनियर एजेन्सी म्यानेजर एम डि आर टि हरि प्रसाद चौलागाई, अतिथि सिनियर एजेन्सी म्यानेजर एम डि आर टि अम्बिका गैतमको उपस्थितिमा‌ सम्पन्न भएको छ।

सम्मान कार्यक्रममा‌ इमरजिन स्टार, बाग्मती प्रदेश स्टार‌‌ तथा एम डि आर टि प्रगति थापा, एजेन्सी म्यानेजर डोमा शेर्पा, एजेन्सी म्यानेजर निर्मला बस्नेत, एजेन्सी म्यानेजर गगन बहादुर साउद, एजेन्सी म्यानेजर प्रमिला थापा एजेन्सी म्यानेजर बिन्जु श्रेष्ठ, एजेन्सी म्यानेजर आसा कुमारी नायक सम्मानित हुनु भएको थियो। त्यस्तै गरि एजेन्सी म्यानेजर नियुक्ति हुनु भएको सिर्जना राई, सुस्मिता भट्टराई,बिकाउ ठाकुर सम्मानित गरिएको थियो। साथै एजेन्सी म्यानेजर नियुक्ति हुन लाग्नुभएको निर्मल मिश्र, रबिन थापा,रूपेश साउद,संगिता सुबेदी लामिछाने लगायत लाई सम्मानित गरिएको थियो।

कार्यक्रम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड शखंमुल शाखा प्रमुख हरि बस्नेतले‌ सन्चालन गर्नुभएको थियो। भने स्वागत मन्तव्य शखंमुल शाखामा‌ कार्यरत एजेन्सी म्यानेजर गगन बहादुर साउदले राख्नु भएको थियो।
यसैगरी मन्तव्यमा शखंमुल शाखा कार्यरत एजेन्सी म्यानेजर निर्मला बस्नेत, एम डि आर टि प्रगति थापा,सिनियर एजेन्सी म्यानेजर तथा एम डि आर टि अम्बिका गैतम,बिमा रत्न दामोदर गौतमले आफ्नो आफ्नो भनाई राख्नुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथि जितेन्द्र कुमार साह ले बिमाको महत्त्व साथै हरेक मानिस लाई बिमा‌ जरूरी छ‌ भन्ने बिशेष मन्तव्य राखेर उपस्थिति सबै लाई तिजको शुभकामना दिनु भएको थियो। शखंमुल शाखा प्रमुख हरि बस्नेत ज्यूले बाग्मती प्रदेशको पहिलो सि ओ टी शखंमुल शाखा बाट निकाल्ने घोषणा गर्नुभयो। साथै डिसेम्बर सम्म पाचँ जना एम डि आर टि शखंमुल शाखा बाट निकाल्ने संकल्प रहेकाे जानकारी गर्नुभयो। अभिकर्ता सम्मान तथा तिज बिशेष कार्यक्रम भव्यताका साथ सफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top