रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिकाबाट शव लिएर काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सित्खा गोगनपानी सडकमा अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा एम्बुलेन्समा सवार ४ जना मध्ये तीन जना घाइते भएका छन् ।
एम्बुलेन्समा शव बाहेक ४ जना सवार थिए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा सुरेश मगर, नारायण बहादुर नेपाली र दिल बहादुर दमाई छन् ।
घाइते हुनेमा दोरम्बा शैलुङ गाउँपालिका–३ का एम्बुलेन्स चालक २४ वर्षीय सुरेश मगर ,दोरम्बा शैलुङ गाउँपालिका–२ निवासी ४१ वर्षीय नारायणबहादुर नेपाली र दोरम्बा शैलुङ गाउँपालिका–२ निवासी ५३ वर्षीय दिल बहादुर दमाई रहेका छन् भने धुलिखेल अस्पताल, काभ्रेमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?