२०८२ असार ४
काठमाण्डौ – नौगाड गाउँपालिका र मार्मा गाउँपालिका बिच अन्तर पालिका समन्वय बैठक नौगाड गा.पा अध्यक्ष श्री दलजीत सिह धामीज्यूको अध्यक्षता र मार्मा गा.पा. अध्यक्ष श्री जमन सिह धामीज्यूको प्रमुख आतिथ्यतामा गाउँपालिकाको सभा हलमा बसी तपसिलका निर्णयहरु पारित गर्दै सम्पन्न भएको छ ।प्रदेश सरकारले बजेट विनियोजन गरी कार्यान्वयनमा रहेको तपोवन-मुरै-निम्ठा-सिप्टी विनायक हुदै होपरीगाड सडक आयोजना र नौगाड होपरीगाड विनायक सडक आयोजनहरुको एउटै नाममा आयोजना कायम हुने र दुईटै आयोजनालाई एउटै आयोजनाको रुपमा कार्यान्वयन गर्न र सो सडकलाई प्रदेश गौरवको आयोजनाको रुपमा बजेट सुनिश्चित गर्न आवश्यक पहल र सम्बन्धित निकाय समक्ष सिफारिस गर्ने निर्णय गरियो।होपरीगाड-विनायक-निम्ठा-मुरै-तपोवन सडक अन्तर्गत नौगाड गाउँपालिका होपरीगाडमा पर्ने नौगाड खोलामा नौगाड गाउँपालिका वडा नं ३ र ५ जोड्ने सडक पुल यथाशिघ्र निर्माणका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने निर्णय पारित गरियो। नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाको सिमानामा रहेको अत्यन्त रमणीय धार्मिक तथा पर्यटकीय स्थल विनायक सुङरखालीमा विनायक बहुउद्देशीय पार्क निर्माणका लागि दुईवटै पालिकाको लागत साझेदारीमा पार्क निर्माण गर्न आयोजना समग्र सम्भाव्यता अध्ययन गर्ने निर्णय पारित गरियो।नौगाड गाउँपालिका वडानं ४ सिप्टी क्षेत्र र मार्मा गाउँपालिका वडा नं ६ पत्थरकाडा, निम्ठा लगायतका क्षेत्रमा खानेपानी तथा सिचाइ लगायतका समस्या समाधान र बहुउपयोगी खानेपानी आयोजना सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने र सोका लागि विभिन्न सझेदार संस्थाहरुको समन्वयमा विस्तृत सर्वेक्षण गरी सम्भाव्य आयोजनाहरु दुबै पालिकाको संयुक्त लगानीमा सञ्चालन गर्ने निर्णय गरियो। कृषि क्षेत्रमा दुबै पालिकामा रहेका कृषि क्षेत्रमा सफल अभ्यासहरुलाई कृषकहरु माझ तालिम, भ्रमणका माध्यमबाट ज्ञान सीपहरु आदान प्रदान गर्ने र सोका लागि सहयोगी संस्था तथा साझेदारहरुसँग सहकार्य गर्ने निर्णय गरियो।दार्चुला जिल्लाका उच्च प्राकृतिक प्रकोप जोखिम र विपद् संकटग्रस्त नौगाड गाउँपालिका र मार्मा गाउँपालिकामा हुने सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न दुईवटै पालिकाको समन्वय र सहकार्यमा विपद् प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?