साउन -२९
कञ्चनपुर – अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा रहेको बनबासा पुल अस्थायी रूपमा बन्द गरिएको छ।
आज बिहानैदेखि नदीको जलस्तर सतर्कता सीमाभन्दा माथि पुगेपछि सुरक्षा जोखिमका कारण सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को समन्वयमा पुलमा आवतजावत रोकिएको हो। पुलमार्फत दैनन्दिन रूपमा सयौँ मानिस आवागमन गर्दै आएका छन्।
स्थानीय प्रशासनका अनुसार महाकालीको बहाव अझै केही घण्टासम्म उच्च रहने पूर्वानुमान भएकाले सर्वसाधारणलाई सतर्क रहन र पुल क्षेत्रमा भीड नगर्न आग्रह गरिएको छ। आपतकालीन आवश्यकता बाहेक सीमापार आवागमन पूर्ण रूपमा रोकिएको छ।
जल तथा मौसम विज्ञान विभागले पश्चिम क्षेत्रमा अझै वर्षा जारी रहने चेतावनी दिँदै नदी आसपासका बस्ती र तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?