साउन-२९
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्का सबै सदस्यहरूसँग आगामी आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओली र मन्त्रीहरूले हस्ताक्षरमार्फत आफ्नो–आफ्नो मन्त्रालयको वार्षिक लक्ष्य, प्राथमिकता र समयसीमा औपचारिक रूपमा तय गरेका हुन्
सम्झौता अनुसार, प्रत्येक मन्त्रालयले तोकिएको कार्यक्रम र लक्ष्य तीन–तीन महिनामा प्रगति प्रतिवेदनसहित प्रधानमन्त्रीलाई पेश गर्नुपर्नेछ। मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने व्यवस्था समेत गरिएको छ। सम्झौता पालना नगरेमा आवश्यकतानुसार मन्त्रालयको जिम्मेवारी हेरफेर गर्न सकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिँदै भने, “अब जनतालाई देखिने उपलब्धि दिनुपर्छ, बहानाबाजीले काम चल्दैन।” उनले पारदर्शिता, जवाफदेहिता र समयमै काम सम्पन्न गर्न विशेष जोड दिए।यसअघि मन्त्रीहरूलाई मौखिक निर्देशन दिने चलन रहँदै आएकोमा यसपटक पहिलोपटक लिखित रूपमा कार्यसम्पादन सम्झौता गरिएको हो। सरकारले यसलाई सुशासन र नतिजामुखी प्रशासनतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?