RBN Online खबर

काठमाडौंका अस्पतालमा दैनिक ७०० बढीलाई निःशुल्क खाना

भाद्र -०६
काठमाडौं । राजधानीका विभिन्न अस्पतालमा उपचाररत बिरामीका आफन्त र अभावग्रस्तलाई दैनिक ७०० बढीलाई निःशुल्क खाना वितरण भइरहेको छ। सामाजिक सेवामा सक्रिय विभिन्न संस्थाले ‘मानव सेवा नै परम धर्म’ भन्ने विश्वाससहित यो अभियान निरन्तरता दिइरहेका छन्।

सामान्य आर्थिक अवस्था भएका बिरामीका आफन्तलाई उपचार खर्चमै धान्न गाह्रो हुने भएकाले निःशुल्क खाना वितरण अभियानले ठूलो राहत पुगेको अस्पताल व्यवस्थापनले जनाएको छ। स्वयंसेवकहरूको समूहले बिहान–बेलुकी दुवै समयमा अस्पताल पुगेर ताजा खाना वितरण गर्ने गरेका छन्।

अस्पतालमा उपचाररत आफन्तलाई साथ दिन आएका धेरै परिवारले खाना खर्च बचत हुने भएकाले यसलाई सकारात्मक रुपमा लिएका छन्। सेवाग्राहीहरुले भने, “हामीलाई ठूलो राहत मिलेको छ, यसरी सहयोग गर्ने सबैलाई धन्यवाद छ।”

सामाजिक अभियानकर्ताहरूका अनुसार निःशुल्क खाना वितरणको दायरा अझै बढाउने योजना रहेको छ। उनीहरूले सहयोगी हातहरू थपिए राजधानीका अन्य स्वास्थ्य संस्था र प्रदेशका अस्पतालमा समेत यस्तो कार्यक्रम विस्तार गर्न सकिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top