RBN Online खबर

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्न र जिज्ञासामाथि जवाफ दिने भएका छन्। बैठक दिउँसो बस्ने तय भएको छ।

संसद् सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई विशेषगरी आर्थिक स्थिति, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, वैदेशिक सम्बन्ध र सुशासनसम्बन्धी प्रश्नहरूमा सांसदहरूले चासो देखाएका छन्। पछिल्ला दिनमा बढ्दो मूल्यवृद्धि, प्राकृतिक विपद् व्यवस्थापन र भ्रष्टाचार नियन्त्रणका विषयमा समेत सांसदहरूले प्रधानमन्त्रीसँग स्पष्टीकरण माग्ने तयारी गरेका छन्।

आजको बैठकमा सरकारले ल्याएको केही विधेयकमा पनि छलफल हुने कार्यसूची छ। प्रधानमन्त्री ओलीको जवाफपछि विभिन्न मन्त्रालयसम्बन्धी प्रश्नोत्तर सत्र अघि बढ्ने सचिवालयले जनाएको छ।

संसदमा प्रतिपक्षी दलका सांसदहरूले सरकारका नीति–कार्यक्रम कार्यान्वयनमा देखिएका कमजोरी र ढिलासुस्तीबारे तीखा प्रश्न गर्ने संकेत गरेका छन्। सरकार पक्ष भने प्रधानमन्त्रीको जवाफपछि मुलुकको वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे स्पष्ट सन्देश जाने दाबी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top