RBN Online खबर

सुकाजोरको काठमाडौँमा नै सामाजिक सुरक्षा भत्ता नविकरण पहिलो दिन ६९ जनाले पाए सुविधा

२०८२ भदौ ६

रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरका ६९ जनाले काठमाडौंमै सामाजिक सुरक्षा भत्ता नविकरण गर्न पाएका छन्।

वडा अध्यक्ष समीर कार्कीका अनुसार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणका लागि गाउँमै उपस्थित हुन कठिनाइ भएका लाभग्राहीलाई मध्यनजर गर्दै काठमाडौंमा सेवा प्रवाह गरिएको हो।
“लामो बाटो हिँड्नुपर्ने अवस्थाले धेरै लाभग्राहीलाई समस्या परेको थियो। त्यसैले हामीले काठमाडौंमै सेवा दिने व्यवस्था गरेका हौं,” वडा अध्यक्ष कार्कीले बताए।

सेवा मिति र स्थान
• मिति: २०८२ भदौ ६ र ७ गते
• स्थान: को.जी. होटल, जडिबुटी, काठमाडौं
सम्पर्क व्यक्ति
• समीर कार्की, वडा अध्यक्ष

वडा कार्यालयका अनुसार आज मात्रै ६९ जनाले भत्ता नविकरण गरेका छन् भने बाँकी लाभग्राहीले भोलिसम्म सेवा लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top