
भाद्र-१७
काठमाडौँ । अखिल समाजवादी बानेश्वर क्याम्पस इकाइको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ललित टमटालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
बानेश्वर क्याम्पसमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यार्थी नेताहरूले विद्यार्थी हक हितका मुद्दा अघि बढाउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए । नयाँ नेतृत्वले शैक्षिक गुणस्तर, विद्यार्थी अधिकार र सहुलियतका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ
अध्यक्षमा निर्वाचित टमटाले विद्यार्थीहरूको समस्या समाधान, शैक्षिक सुधार र संगठनलाई अझ सबल बनाउन आफू सक्रिय रहने बताए । उनले अखिल समाजवादीलाई क्याम्पसस्तरमै बलियो संगठनका रूपमा उभ्याउने प्रतिवद्धता जनाए ।
सम्मेलनले उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित पूर्ण कार्यसमिति चयन गरेको छ । समितिमा विभिन्न संकायका प्रतिनिधित्वलाई समेटिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?