काठमाण्डाैँ,असाेज ५ निजी घराना शंकर ग्रुप खानी, सिमेन्ट, स्टिल, रियल स्टेट, हाइड्रो, सिन्थेटिक्स, वस्त्र, अटोलगायत विभिन्न ४० ब्रान्डको एक ठूलो व्यावसायिक समूह हाँकेर ४५ वर्षदेखि अघि बढिरहेको थियो ।१५ हजार हाराहारीलाई रोजगारी दिइरहेको शंकर समूहले गत वर्ष साढे ८ अर्ब रुपैयाँ लगानीमा जब नक्सालमा प्रिमियम होटल हिल्टन सुरु गर्यो, यो व्यावसायिक घराना पर्यटन क्षेत्रमा चर्चाको शिखरमा पुग्यो । फाइभ स्टर होटल सोल्टीले थेग्दै आएको नेपालको आतिथ्य सत्कार उद्योगलाई हिल्टनको आगमनले ‘नेक्स्ट लेभल’ को उचाइमा पुर्यायो ।

जब हिल्टनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरको पनि ‘लगानी’ रहेको हल्ला फैलियो, यसले शिखरमा पुगेको हिल्टनको सकारात्मक ब्रान्ड प्रतिष्ठालाई घृणातर्फ धकेलियो ।
अनलाइन हुँदै सामाजिक सञ्जाललगायतका सञ्चारमाध्यमार्फत फैलिएको यो ‘हल्ला’ले हिल्टनलाई मात्र होइन, नेपालकै पर्यटन उद्योगलाई ७२ घण्टामा तहसनहस बनाइदियो । अर्थात् जेन–जी आन्दोलनको भोलिपल्ट भदौ २४ मा प्रदर्शनकारीले हिल्टन होटलमा झोसेको आगोको लप्का भुइँ तलाबाट १७औं तलासम्म यसरी फैलियो, पूर्ण नियन्त्रणमा ल्याउन झन्डै तीन दिन लाग्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?