RBN Online खबर

बैतडीमा हातहतियार बुझाउन प्रशासनको निर्देशन

७ माघ, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको  छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार बुझाउन सूचना जारी गरेको हो ।व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र अनिर्वाय रुपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।

इजाजत प्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको उनले बताए ।व्यक्तिगत सुरक्षाका लागि आफूसँग भएका इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा नबुझाए कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । उक्त हातहतियार निर्वाचन सम्पन्न भएपछि अर्थात चैत २० गतेपछि फिर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय बैतडीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका जनशक्ति व्यवस्थापन लगायत अन्य आवश्यक तयारी तीव्र पारेका जनाएको छ । एक निर्वाचन क्षेत्ररहेको यहाँ १२ जनाको उम्मेदवारीका लागि मनोनयन दर्ता भएको छ ।

२१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम रहेका छन् भन एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top