
१० माघ, विराटनगर । चुनावी भेटघाटसँगै धार्मिक यात्रा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताका लागि मंगलबार झापाको दमक आएका थिए ।
_BQQvOkuXtk.gif)
जनकपुरबाट कालो रङको ल्यान्ड रोभर डिफेन्डरमा दमक आएका उनी सोही गाडीमा ताप्लेजुङ सदरमुकाम फुङ्लिन पुगेका थिए । शनिबार साँझ काठमाडौं फर्कदा विराटनगर विमानस्थलसम्म सोही गाडीमा आए । व्यापारीको मंहगो गाडी चढेको भन्दै उनको आलोचना पनि भयो ।

मंगलबार दमक आएका उनी मनोनयन दर्तापछि बिर्तामोड पुगेर बसेका थिए । बुधबार दमक फर्किएर कार्यकर्तासँग भेटघाट गरे । मोरङ, सुनसरी र झापाक उम्मेदवारसँग छलफल गरे । बिहीबार बिहान इलाम बजार पुगेर उम्मेदवारसँग घरदैलो गरे । घण्टी पनि बजाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?








