RBN Online खबर

हिमपातका कारण मध्यपहाडी लोकमार्ग पुन: अवरुद्ध

१४ माघ, रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको हो ।

​जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत विच्छेद भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौंबाट रुकुम पूर्व हुँदै रुकुम पश्चिम र डोल्पाका लागि हि‍ंडेका यात्रुबाहक बस तथा अन्य सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। चिसोका  कारण सडकमा अलपत्र परेका यात्रुहरू बिचल्लीमा परेका छन् ।

​रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले सडक खुलाउनका लागि भूमे गाउँपालिकाको केन्द्रबाट जेसिबी (डोजर) पठाइएको जानकारी दिइन् । ‘सडक खुलाउने प्रयास भइरहेको छ तर वर्षा नरोकिएकाले काम सुरु गर्न कठिन भएको छ’, प्रजिअ परियारले भनिन्, ‘वर्षा रोकिने बित्तिकै हिउँ पन्छाएर यातायात सुचारु गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top