RBN Online खबर

देशभर बालेनको चर्चा, रविकै निर्वाचन क्षेत्र छायामा

काठमाडौँ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनावी लहर चलिरहँदा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ ओझेलमा परेको छ । रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको उम्मेदवार बालेन शाहको निर्वाचन क्षेत्र झापा–५ ले राष्ट्रिय राजनीति नै तताएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले जित्दै आएको झापा–५ बाट यसपटक बालेनले पनि उम्मेदवारी दिएका छन् । 

तर अघिल्ला निर्वाचनमा सर्वाधिक चासो देखिएको चितवन क्षेत्र नम्बर ३ यो पटक भने चर्चामै छैन, बरु चितवन–३ ले राष्ट्रिय राजनीतिमै ध्यान खिचेको छ । यहाँ रास्वपाकी चर्चित नेतृ सोविता गौतम र भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहाल उम्मेदवार छन् । उसो त अघिल्लो पटक पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई हराएर चर्चामा आएका रास्वपाका हरि ढकालको निर्वाचन क्षेत्र–१ पनि यो पटक गुमनामजस्तै छ । 


रास्वपा चितवनकी उपसभापति प्रभा ढकाल चितवन –२ मा उम्मेदवार नै मैदानमा नहुँदा गतिविधि सुस्त भएको स्विकार्छिन् । यद्यपि मतदातासँग आफूहरूको दैनिक भेटघाट भने भइरहेको उनले बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top