RBN Online खबर

युथ कांग्रेस नेपालको रामेछाप जिल्ला संयोजकमा विबेक घिमिरे चयन

रामेछाप । नेपाली काँग्रेसले युवा तथा विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य, राष्ट्रियता र सामाजिक उत्तरदायित्वप्रति संगठित गर्ने उद्देश्यले गठन गरेको युथ कांग्रेस नेपालको रामेछाप जिल्ला संयोजकमा विबेक घिमिरे चयन भएका छन्।

रामेछाप नगरपालिका–८ निवासी घिमिरेलाई युथ कांग्रेस नेपाल केन्द्रीय संगठन विभागको निर्णयअनुसार जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो। संगठनका सभापति यदबीर राईद्वारा हस्ताक्षरित आधिकारिक पत्रमार्फत घिमिरेको नियुक्ति सार्वजनिक गरिएको छ।

विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता घिमिरे लामो समयदेखि लोकतन्त्र, राष्ट्रियता र युवाको सक्रिय सहभागिताको पक्षमा क्रियाशील रहँदै आएका छन्। संगठनले उनको अनुभव, क्षमता र प्रतिबद्धताले जिल्लामा संगठन विस्तार, समन्वय र नेतृत्व प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

नव नियुक्त जिल्ला संयोजक घिमिरेले तत्काल जिल्लाभर संगठन विस्तारलाई प्राथमिकता दिने बताएका छन्। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन युथ कांग्रेस नेपाल सक्रिय रूपमा परिचालित हुने स्पष्ट पारे। सबैको साथ र सहयोगमा सक्रिय युवाहरूलाई समेट्दै संगठन विस्तारको अभियानलाई तीव्र बनाइने उनको भनाइ छ।

युथ कांग्रेस नेपालले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षण तथा प्रवर्द्धन गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने, राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहँदै युवा सशक्तिकरण र सहभागितालाई प्राथमिकतामा राख्ने लक्ष्य लिएको छ। साथै सुशासन, पारदर्शिता र उत्तरदायित्वको प्रवर्द्धन गर्दै सुशासनको पहरेदारका रूपमा भूमिका निर्वाह गर्ने उद्देश्य संगठनले अघि सारेको छ।

प्रत्येक नागरिकका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक तथा धार्मिक अधिकार तथा वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति गराउन पहल गर्ने र प्राकृतिक विपद् तथा राष्ट्रिय संकटका बेला सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि संगठनले जनाएको छ।

नव नियुक्त जिल्ला संयोजक घिमिरेको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक हुने विश्वास युथ कांग्रेस नेपालले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top