RBN Online खबर

नयाँ बानेश्वरमा Amazing International Education Migration and Visa Services Pvt. Ltd. को भव्य सुरुवात

काठमाडौं — वैदेशिक अध्ययन तथा भिसा परामर्श सेवामा नयाँ विश्वासका रूपमाAmazing International Education Migration and Visa Services Pvt. Ltd. ले काठमाडौं महानगरपालिका–३१, नयाँ बानेश्वरस्थित Eyeplex Mall नजिक औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ।


विद्यार्थी तथा अभिभावकलाई अन्तर्राष्ट्रिय शिक्षाको सही मार्गदर्शन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले Australia, UK, Canada, France, Denmark लगायत युरोपका विभिन्न देशहरू मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित सेवा प्रदान गर्ने जनाएको छ।


कन्सल्टेन्सीका अनुसार विद्यार्थीको शैक्षिक योग्यता, रुचि र भविष्य योजनाअनुसार उपयुक्त देश तथा विश्वविद्यालय छनोटमा विशेषज्ञ परामर्श दिइनेछ। साथै, IELTS, PTE, TOEFL जस्ता भाषा तयारी कक्षा, आवश्यक कागजात तयारी, विश्वविद्यालय आवेदन प्रक्रिया तथा भिसा मार्गदर्शन सेवा पनि उपलब्ध गराइनेछ।
संस्थाका सञ्चालकले पारदर्शिता, विश्वसनीयता र गुणस्तरीय सेवामार्फत विद्यार्थीको भविष्य सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “विद्यार्थीको सपना साकार पार्नु नै हाम्रो पहिलो लक्ष्य हो,” उनले बताए।


उद्घाटन कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ कन्सल्टेन्सीको सुरुवातले वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई सही दिशा दिने विश्वास व्यक्त गरेका छन्।
Amazing International Education Migration and Visa Services Pvt. Ltd. ले आगामी दिनमा शैक्षिक सेमिनार तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै अझ प्रभावकारी सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top