RBN Online खबर

बानेश्वर बहुमुखी क्याम्पस खेलकुद सप्ताह सुरु

२०८० पौष ६ गते

काठमडौं | बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयाेजित अतिरिक्त क्रियाकलाप अन्तर्गत फुटसल प्रतियाेगिता शुक्रबार बाट शान्तिनगर फुटसलमा शुरू भएकाे छ।

प्रतियोगि खेलाडि लाई सम्बोधन गर्न हुँदै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा घमानसिंह खड्का ज्युले  विद्यार्थी खेलाडि लाई आफूभित्रको चेतना प्रभावकारी ढंगले अभिव्यक्त गर्न सुझाव दिनुभएको हो ।

  अतिरिक्त क्रियाकलापमा संलग्न भई आफ्नो प्रतिभा प्रदर्शन गर्ने विद्यार्थी जीवनमा सफल हुने उहाँको भनाई थियो ।मन्तब्य कै क्रममा क्याम्पस प्रमुख ज्युले सम्पुर्ण खेलाडिहरू लाई शुभकामना सहित कार्यक्रम संयाेजक नेपाल विद्यार्थी संघ बानेश्वर बहुमुखी क्याम्पस इकाई लाई धन्यवाद ब्यक्त गर्नु भएकाे छ ।

  क्याम्पसका प्राध्यापक    पर्सुराम भट्टराईकाे  सभापतित्वमा सम्पन्न समारोहमा क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्का लगायत क्याम्पसका प्राध्यापकको उपस्थिति रहेको थियो ।


शुरू भएकाे प्रतियाेगितामा कुल २९ टिमले सहभागिता जनाएका थिए।जस मध्य छात्र तर्फ २१ र छात्रा तर्फ ८ टिम रहेका थिए।
फुटसल प्रतियाेगिताका उप-संयाेजक निराजन कार्कीका अनुसार छात्रा तर्फका सम्पुर्ण खेल सकिएको र छात्र तर्फका सेमिफाइनल र फाईनल खेल बाँकी रहेकाे जानकारी RBN Online Khabar लाई दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top