RBN Online खबर

रामेछापको फर्पुमा पहिरोले घर बगाउँदा तीन जना किशोरीको ज्यान गयो

२०८१ साउन ११ गते

रामेछाप ।  रामेछापमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।

जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो।

रामेछाप प्रहरीका अनुसार पहिरोमा परेर १३, १५ र १७ वर्षीया किशोरीको मृत्यु भएको हो। १७ वर्षीया सीता तामाङ, १५ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

पहिरोको जोखिममा रहेका केही घरका स्थानीयको उद्धार भएको छ।

वडाध्यक्ष सुनुवारका अनुसार तीनै जना किशोरीहरू दिउँसो खेतमा काम गरेर फर्केपछि साँझमा नुहाएर घरमा आराम गरेर बसेको बेला आएको पहिरोले उनीहरूलाई पुरेको हो ।

लगातारको वर्षाले घरको कुलेसो तर्फबाट झरेको पहिरोले घरको भित्तोमा क्षति पुर्‍याउने गरी आएको र उक्त घरमा रहेका तीन जनालाई पुरेको जानकारी पाउन साथ स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भए पनि घर भित्र पुरिएकालाई जीवितै उद्धार गर्न नसकिएको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top