RBN Online खबर

रा.न.पा. १ गोठगाउँ वडाले गर्यो काठमाडौँमै जनतालाई सेवा प्रदान

२०८१ भदौ ८ गते

काठमाडौं | रामेछाप नगरपालिका १ गोठगाउँ वडा ले काठमाडौं  उपत्यका मा वसोवास गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूको लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण लागि निवेदन सङ्कलन गरेको छ। 

शनिबार को दिन भक्तपुर को चार्दोबाटो ठिमी ताबे रेस्टुरेन्ट मा बिहान १० बजे बाट दिउँसो ३ बजे सम्म सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण को लागि निवेदन संकलन रहेको थियो ।

उक्त कार्यक्रममा गोठगाउँका ६० जान भन्दा बढी सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण का लागि निवेदन सङ्कलन गरिएको वडा अध्यक्ष खत्रीले जानकारी गराउनुभयो।

वडा अध्यक्ष रेखबहादुर खत्री र वडा सचिव दुर्गा बहादुर कठायत को उपस्थितिमा शनिबार बिदाको दिन सेवा प्रवाह गराएका छन् । आफ्नो वडाको नागरिकहरूको सहजीकरणको लागि काठमाडौँ नै आएर वडाभित्रका नागरिकको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण को लागि सहजीकरण गरेको वडा अध्यक्ष रेखबहादुर खत्री ले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top