RBN Online खबर

गोठगाउँका ४७ जनाले पाए सामाजिक सुरक्षा भत्ता नविकरण सुविधा काठमाडौंमै

रामेछाप, २०८२ भदौ ७
रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँका लाभग्राहीले काठमाडौंमै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पाएका छन्।

वडा अध्यक्ष रेख बहादुर खत्रीका अनुसार हिजो भदौ ६ गते ३१ जनाले र आज भदौ ७ गते १६ जनाले गरी जम्मा ४७ जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका हुन्।

“विविध कारणले गाउँ फर्कन नसकेका लाभग्राहीलाई लक्षित गरेर हामीले काठमाडौंमै सेवा दिने व्यवस्था गरेका हौं,” वडा अध्यक्ष खत्रीले बताए।

सेवा मिति र स्थान

  • मिति: २०८२ भदौ ६ र ७ गते
  • स्थान: को.जी. होटल, जडिबुटी, काठमाडौं

सम्पर्क व्यक्ति

  • रेख बहादुर खत्री, वडा अध्यक्ष (९८५११४६९६४)
  • मक्कर बहादुर खड्का, वडा सचिव (९८४२६६९१५७)

यस सेवाबाट गोठगाउँका लाभग्राहीले सहजै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पाएको वडा कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top