RBN Online खबर

साँघुटारका सेवाग्राहीले काठमाडौंमै पाए सेवा: ३५ सामाजिक सुरक्षा भत्ता नवीकरण, १० व्यक्तिगत घटना दर्ता र कर तिर्ने सुविधा

रामेछाप, २०८२ भदौ ८

रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारका सेवाग्राहीले काठमाडौंमै विभिन्न सेवा सुविधा पाएका छन्।

वडा सदस्य मनोज खड्काका अनुसार भदौ ६ र ७ गते जडिबुटीस्थित होटल आभारमा भएको कार्यक्रममा ३५ जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका छन्। साथै १० वटा व्यक्तिगत घटना दर्ता भएका छन् भने एक जना सेवाग्राहीले कर तिरेका छन्।

“गाउँ फर्कन कठिन भएकाहरूलाई लक्षित गरेर काठमाडौंमै सेवा प्रवाह गरिएको हो। यसरी सहज वातावरणमा सेवा पाउँदा सेवाग्राहीहरू खुसी भएका छन्,” वडा सदस्य खड्काले जानकारी दिए।

सेवा मिति र स्थान
• मिति: २०८२ भदौ ६ र ७ गते
• स्थान: होटल आभार, जडिबुटी, काठमाडौं
सम्पर्क व्यक्ति
• मनोज खड्का, वडा सदस्य
वडा कार्यालयका अनुसार काठमाडौंमै गरिएको यस पहलले साँघुटारका सेवाग्राहीलाई ठूलो राहत पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top