
डडेल्धुरा — डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार यात्रु बोकेर गइरहेको जिप शुक्रबार बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा घटनास्थलमै तीन जनाको र उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा सवार अन्य केही व्यक्ति घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन। तर, प्रारम्भिक अनुमानअनुसार सडक साँघुरो र बिग्रिएको खण्डमा जिप अनियन्त्रित भएर खसेको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?