RBN Online खबर

वर्षाका कारण ३ दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो

१६ कात्तिक, काठमाडौं । अविरल वर्षाका कारण ३ दिनदेखि अवरुद्ध  बीपी राजमार्ग आइतबारबाट खुलेको छ। जिल्ला ट्राफिक कार्यालय काभ्रे प्रमुख सुनील धाजूका अनुसार बिहान रोशी गाउँपालिकास्थित चारसय बेसीमा सडक ड्राइभर्सन गरेपछि राजमार्ग खुलेको हो। 

बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्के लगायतको स्थानहरूमा पहिरो तथा लेदो खसेर दुईतर्फी रूपमा सडक अवरोध भएको थियो।

बीपी राजमार्ग हुँदै पूर्व चल्ने सवारी धुलिखेल र काभ्रे भन्ज्याङमै रोकिएको र सिन्धुली हुँदै धुलिखेल तर्फ आउने सवारी नेपालथोक र मंगल्टारमा रोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top