RBN Online खबर

बालुवाटारमा प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको छलफल

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई छलफलका लागि बोलाएकी थिइन् ।

प्रधानमन्त्रीको सचिवालयले केहीबेरबाट छलफल सुरु भएको जनाएको छ ।प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको सचिवालयले बताएको छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top