
१८ कात्तिक, काठमाडौं । केही समय पहिलेदेखि बजारमा हटकेक जस्तै बनेर एउटा समाचार फैलिएको थियो । नेपाल सरकारले नेपालमा सञ्चालित सामाजिक सञ्जाल : फेसबुक, भाइबर, ह्वाटस् एप, इन्स्टाग्राम, मेसेन्जर, ट्वीटर, टिकटक, इमो, एक्स, लाइन, रिल, बिटक, रेडडिट, स्न्याप च्याट, डिसकोर्ड, भिके, मिवी, रुम्बल, टम्बिर, जालो, पिन्टेरेस्ट, क्अीरो÷कोरा, ब्लग आदिका साथै यु ट्युब, हाम्रो पात्रोलगायत लगभग साढे दुई दर्जन स्वदेशी तथा विदेशी सामाजिक सञ्जालका सञ्चालनकर्ताले नेपालमा अब कानुनी रूपमा दर्ता हुनुपर्छ भन्ने अनिवार्य गरेको थियो ।

कानुनी रूपमा दर्ता नभए क्रमश बन्द गर्दै जाने भन्ने सरकारले निर्णय गरेको थियो । भनौँ सरकारले दर्ता हुन आऊ, कर तिर भन्दा त्यसलाई नमानेर इग्नोर गर्नेहरू अब अस्थायी रूपमा कारबाहीमा पर्दै छन् ।यहाँ अस्थायी रूपमा भन्ने शब्द किन प्रयोग गरिएको हो भने, कानुनी रूपमा नेपाल सरकारले तोकेको निकायमा दर्ता हुन आएमा बन्द गरिएका सबै सामाजिक सञ्जालहरूलाई खुल्ला गर्न सक्ने अधिकार पनि सरकारले तोकेको निकायलाई अधिकार दिएको थियो । त्यसैले पहिले चाहिँ नेपाल सरकारले कर तिरे पनि नतिरे पनि सरकारले तोकेको निकायमा कानुनी रूपमा दर्ता हुन आए पनि नआए पनि सञ्चाल हुने थियो । यसलाई प्रायः सबै सामाजिक सञ्जालका मालिक अथवा भनौंं कम्पनीले नेपालको कमजोरी ठानेर कानुनी रूपमा दर्ता हुन आएनन्, वा भनौं चाहेनन्् ।

यसरी हेर्दा पहिले नेपाल सरकारले उदारतापूर्वक माथि उल्लिखित सामाजिक सञ्जाललाई निर्वाध रूपमा सञ्चालन हुन दिएको भए तापनि केही महिना अगाडि चाहिँ सम्बन्धित निकायलाई कानुनी रूपमा दर्ता हुन नआउने सामाजिक सञ्जालहरूलाई निश्क्रिय पार्ने÷बन्द गर्ने निर्देशन दिएको थियो । संभवतः केही समयपछि त्यस्ता स्वदेशी तथा विदेशी सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीले नेपालमा आफ्नो कम्पनी (सामाजिक सञ्जाल) दर्ता गर्ने, आफ्नो कम्पनीको आधिकारिक प्रतिनिधि तोक्ने, राख्ने काम पनि सुरु गर्ला भन्ने अपेक्षा हो ।

निश्चय नै नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने स्वदेशी तथा विदेशी सामाजिक सञ्जाल कम्पनीले नेपालमा आफ्नो कम्पनी (सामाजिक सञ्जाल) दर्ता गर्न आएनन्, आफ्नो कम्पनीको आधिकारिक प्रतिनिधिन तोकेनन् । त्यसको परिणाम नेपालमा ठूलो जेनजी आन्दोलन भयो । अन्ततोगत्वा नेपाल सरकारले तोकेको निकायले ती सामाजिक सञ्जाल नेपालमा नचल्ने, नखुल्ने, निष्क्रिय पार्ने काम गर्नै पर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












