२०८२ साल मङ्सिर ५
रामेछाप — खाँडादेवी गाउँपालिका–४ रजगाउँमा शुक्रबार अपराह्न सुमो गाडी दुर्घटना हुँदा घाइते भएकामध्ये एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

रजगाउँबाट मन्थलीतर्फ आउँदै गरेको ना १ ज ५५५८ नम्बरको यात्रुवाहक सुमो गाडी सडकबाट करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुर्घटना शुक्रबार साँझ ४:३० बजे भएको हो।
दुर्घटनामा घाइते भएकामध्ये मन्थली नगरपालिका–३, माथिल्लो कठजोरकी ५३ वर्षीया गितामाया जोगीको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
मृतक
• गितामाया जोगी, मन्थली–०३
उमेर/लिङ्ग : ५३ वर्ष, महिला
घाइतेहरूको नामावली र अवस्था
१. रमेश बुढाथोकी (चालक)
• ठेगाना : मन्थली–०३
• उमेर/लिङ्ग : ४९ वर्ष, पुरुष
• चोटको विवरण : कम्मरमा चोट
• अवस्था : उपचारपछि रेफर
२. चेतकुमारी श्रेष्ठ
• ठेगाना : मन्थली–०३
• उमेर/लिङ्ग : ७८ वर्ष, महिला
• चोटको विवरण : टाउकोमा चोट
• अवस्था : उपचारपछि रेफर
३. कोपिला जोगी
• ठेगाना : मन्थली–०३
• उमेर/लिङ्ग : ४० वर्ष, महिला
• चोटको विवरण : टाउकोमा चोट
• अवस्था : उपचारपछि रेफर
४. कोपिला श्रेष्ठ
• ठेगाना : मन्थली–०२
• उमेर/लिङ्ग : ५५ वर्ष, महिला
• चोटको विवरण : टाउकोमा चोट
• अवस्था : उपचारपछि रेफर
५. सञ्चिता श्रेष्ठ
• ठेगाना : मन्थली–०३, रमेमाल
• उमेर/लिङ्ग : १४ वर्ष, महिला
• चोटको विवरण : अनुहारमा चोट, दायाँ हात भाँचिएको
• अवस्था : उपचारपछि रेफर
६. तिलमाया श्रेष्ठ
• ठेगाना : मन्थली–०३
• उमेर/लिङ्ग : ७० वर्ष, महिला
• चोटको विवरण : देब्रे खुट्टा भाँचिएको
• अवस्था : उपचारपछि रेफर
७. कृष्णमाया खड्का
• ठेगाना : मन्थली–०३
• उमेर/लिङ्ग : ५० वर्ष, महिला
• चोटको विवरण : गर्दनमा चोट
• अवस्था : उपचारपछि रेफर
दुर्घटनाको विस्तृत कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












