RBN Online खबर

गोठपानी बोके दर्नाल समूह गठन, नयाँ नेतृत्व घोषित

२०८२ मङ्सिर ६ गते

रामेछाप | गोठपानी बोके दर्नाल समूहले २०८२ साल मङ्सिर ६ गते, शनिबारका दिन विशेष सभा सम्पन्न गरी नयाँ कार्यसमिति गठन गरेको छ।

संस्थागत मजबूती, बचत तथा लगानी, नेतृत्व विकास तथा सदस्यहरूको आर्थिक, सामाजिक, शैक्षिक र मानवीय उत्थानका विषयमा केन्द्रित रहेर व्यापक छलफल गरिएको समूहले जनाएको छ।

विशेष सभाकै अवसरमा केक काटेर समूहको औपचारिक स्थापना तथा नयाँ कार्यसमितिको घोषणा गरिएको थियो।

नवगठित कार्यसमिति
अध्यक्ष: केशव दनाल
उपाध्यक्ष: प्रेम बहादुर दनाल
कोषाध्यक्ष: पदम दनाल
महासचिव: कोपिला दनाल
सचिव: फतबहादुर दनाल
सदस्य: रमेश दनाल
सदस्य: सँगिता दनाल

सल्लाहकार समिति
• डोरबहादुर दनाल
• दिलिप दनाल
• केशव दनाल (जेठो)
• रामकुमार दर्नाल
• कल्पना दर्नाल


ऋण समिति
• संयोजक: प्रेम बहादुर दर्नाल
• सदस्य: सँगिता दनाल


वैदेशिक विभाग
• संयोजक: केशर दर्नाल
• सदस्य: आशा दर्नाल
• सदस्य: दिपशिका दर्नाल , कुल बहादुर दर्नाल, बालकुमार दर्नाल


लेखा तथा अनुगमन समिति
• रामकृष्ण दनाल
• रमेश दनाल

बैठकले आगामी दिनमा दर्नाल समुदायलाई आर्थिक रूपले सबल बनाउने, सामाजिक एकता मजबुत पार्ने, शिक्षा तथा सीप विकासमा सदस्यहरूलाई सहयोग पुर्‍याउने उद्देश्यका साथै विभिन्न दीर्घकालीन कार्यक्रम अघि बढाउने निर्णयसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top