२०८३ असोज ११

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश, रामेछाप जिल्ला प्रदेश सभा क्षेत्र नम्बर ‘क’ बाट प्रदेश महाधिवेशन प्रतिनिधि (युवा तर्फ – ३५ वर्षमुनि) पदमा रामेछाप नगरपालिका वडा नं. १, गोठगाउँका युवा नेता निराजन कार्कीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
विगत १० वर्षदेखि सक्रिय राजनीतिमा होमिनुभएका कार्की नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत निरन्तर सङ्गठन निर्माण र सामाजिक रूपान्तरणमा क्रियाशील रहँदै आउनुभएको छ। पार्टीमा युवा नेतृत्व, ऊर्जा र नयाँ सोचको आवश्यकतालाई आत्मसात् गर्दै उहाँले बागमती प्रदेश सभा क्षेत्र नम्बर ‘क’ बाट युवा तर्फको प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउनुभएका कार्की बानेश्वर बहुमुखी क्याम्पसका लोकप्रिय युवा नेता हुनुहुन्छ। उहाँ वि.सं. २०८१ को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बानेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापति पदको सशक्त प्रत्यासी उम्मेदवार हुनुहुन्थ्यो।
पार्टीलाई सुदृढ, समावेशी र गतिशील बनाउन तथा युवाको आवाजलाई माथिल्लो तहसम्म सशक्तरूपमा पुर्याउन आफूले उम्मेदवारी दिएको कार्कीले बताउनुभएको छ। दशक लामो राजनीतिक अनुभव र युवा जोस-जागरसहित मैदानमा उत्रिनुभएका कार्कीको उम्मेदवारीले रामेछाप कांग्रेसका युवा नेता-कार्यकर्ताहरू माझ नयाँ उत्साह पैदा गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












