RBN Online खबर

रामेछाप कांग्रेस प्रदेश सभा ‘क’: युवा महिला प्रतिनिधिमा मनिसा काफ्ले निर्विरोध निर्वाचित

२०८३ असोज १३

मन्थली, रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा ‘क’ बाट प्रदेश युवा महिला प्रतिनिधि पदमा २३ वर्षीया मनिसा काफ्ले निर्विरोध निर्वाचित हुनुभएको छ। तोकिएको समयभित्र एकल उम्मेदवारी परेकाले उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो।

​सानै उमेरदेखि नेतृत्व, सामाजिक सेवा र सार्वजनिक जीवनमा रुचि राख्दै आउनुभएकी काफ्लेले प्लस टु (१२ कक्षा) उत्तीर्ण गरेपछि १९ वर्षको उमेरबाट औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गर्नुभएको थियो।

​मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएकी काफ्लेले क्याम्पसको स्ववियु / विद्यार्थी प्रतिनिधि निर्वाचन जितेर सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो। सोही पहिलो सफलतालाई आफ्नो नेतृत्व यात्राको आधारस्तम्भ मान्ने काफ्ले त्यसयता निरन्तर राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।

​विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको यात्रा २३ वर्षको उमेरमा आइपुग्दा प्रदेश तहको राजनीतिसम्म विस्तार भएको छ। खुला महिला प्रतिस्पर्धात्मक मञ्चबाट प्रदेशस्तरको नेतृत्वमा पुग्न सफल काफ्लेले आफ्नो लागि राजनीति शक्ति वा पद नभएर जनसेवा र सामाजिक जिम्मेवारी भएको बताउनुभएको छ।

​निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिँदै काफ्लेले भन्नुभयो, “मेरो लागि राजनीति पद होइन, जनसेवा हो। युवाको आवाज, महिलाको सशक्त नेतृत्व र समाजको सकारात्मक परिवर्तनका लागि मेरो यो यात्रा निरन्तर जारी रहनेछ।”

​रामेछापमा युवा तथा महिला नेतृत्वको आगमन र मनिसा काफ्लेको निर्विरोध चयनले नेपाली कांग्रेसभित्र नयाँ सोच, उत्साह र युवा सहभागिताको राम्रो सन्देश दिएको स्थानीय नेता तथा कार्यकर्ताहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top