RBN Online खबर

रामेछापबाट कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधिमा निराजन कार्की निर्वाचित

२०८३ असोज १७

​मन्थली, रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा क्षेत्र नम्बर ‘क’ बाट प्रदेश महाधिवेशन प्रतिनिधि (३५ वर्षमुनि युवा पुरुष तर्फ) पदमा युवा नेता निराजन कार्की निर्वाचित हुनुभएको छ।
​अन्तिम मत परिणाम अनुसार कार्की २४८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।

​लामो समयदेखि नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) मार्फत राजनीतिमा सक्रिय रहँदै आउनुभएका कार्की बानेश्वर बहुमुखी क्याम्पसका लोकप्रिय युवा नेता हुनुहुन्छ। उहाँ वि.सं. २०८१ को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बानेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापति पदको प्रत्यासी उम्मेदवार हुनुहुन्थ्यो। विगत दशकदेखि सक्रिय राजनीतिमा होमिनुभएका उहाँको यो जितले रामेछाप कांग्रेसमा युवा नेतृत्वको उपस्थिति र उत्साहलाई थप उचाइ दिएको छ।

​विजयी भएपश्चात् प्रतिक्रिया दिँदै कार्कीले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले युवाहरूको आवाजलाई माथिल्लो तहसम्म सशक्तरूपमा पुर्‍याउने र पार्टी सङ्गठनलाई थप सुदृढ, गतिशील एवं समावेशी बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top