RBN Online खबर

देवकुमारी श्रेष्ठको अध्यक्षतामा गोठगाउँ सरोकार समाजको नयाँ कार्यसमिति सर्वसम्मत चयन

२०८३ असोज १८

काठमडौँ। सामाजिक सेवा, आपसी सद्भाव र सामुदायिक हितका क्षेत्रमा सक्रिय गोठगाउँ सरोकार समाजको सातौँ वार्षिक साधारणसभाले देवकुमारी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। काठमाडौँमा आयोजित साधारणसभाले संस्थागत सुदृढीकरण, आगामी कार्यदिशा तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्वको चयन गरेको हो।

​अधिवेशनले अध्यक्षसहित प्रमुख पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरेको छ:
​अध्यक्ष: देवकुमारी श्रेष्ठ
​उपाध्यक्ष: मीनबहादुर श्रेष्ठ (विष्णु)
​सचिव: दिलबहादुर श्रेष्ठ (दिलीप)
​सहसचिव: केशरबहादुर कार्की
​कोषाध्यक्ष: कुमार श्रेष्ठ
​यसैगरी समाजको सञ्चालक समिति सदस्यहरूमा खिलबहादुर श्रेष्ठ, यशोदा श्रेष्ठ, राजकुमार श्रेष्ठ, तेजबहादुर कार्की (राजन), मिना तामाङ, प्रविन श्रेष्ठ, हिरामाया वि.क. र राधिका थापा निर्वाचित हुनुभएको छ। संस्थाभित्रको आपसी सहकार्य, विश्वास र बलियो एकताका कारण सिङ्गो कार्यसमिति नै सर्वसम्मत रूपमा चयन हुन सफल भएको सहभागीहरूले बताएका छन्।

​संजय कुमार थापाको अध्यक्षता तथा उपाध्यक्ष मीनबहादुर श्रेष्ठ (विष्णु) को सञ्चालनमा सम्पन्न साधारणसभा कार्यक्रममा नेपाल सरकारका उपसचिव नवराज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा अधिवक्ता यामप्रसाद भट्टराई, समाजसेवी हरिबहादुर कार्की, विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिलबहादुर श्रेष्ठ, अधिवक्ता राजकुमार श्रेष्ठ, समावेशी खिलबहादुर कार्की, धनबहादुर कार्की, सुजन कार्की तथा पत्रकार रविन थापालगायत विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी तथा समाजका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

​साधारणसभाका क्रममा संस्थाले विगतमा सञ्चालन गरेका सामाजिक तथा सामुदायिक गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा सामाजिक एकता, आपसी सहयोग र संस्थागत विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा गहन छलफल गरिएको थियो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठको नेतृत्वमा समाजले आगामी दिनमा स्थानीय समुदायका आवश्यकता पहिचान गरी सामाजिक सेवाका कार्यहरूलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top