RBN Online खबर

वडाअध्यक्ष रेख बहादुर खत्री को पहलमा गोठगाँऊ वडा ले हाते ट्याक्टर बितरण गरेको छ

२०८०-०३-२२

रामेछाप | रामेछाप नगरपालिका – १ गोठगाँऊ मा गोठगाँऊ वडा ले मिति २०८०-३-२१ गते का दिन खेत जोत्न को लागि वडा  ले ५०% अनुदान मा गोठगाँऊ का कृषक लाई हाते ट्याक्टर बितरण गरेको छ।

 

\"\"

अहिले देशै भर फैलिएको गाई बस्तु मा लाग्ने लम्पी स्केन रोग को कारण ले बस्तुहरू बिरामी हुने र मर्ने गरे का छन् । अहिले बालि लागाउने बेला  मा मानो खाएर मुरी उब्जाउ गर्ने समयमा भटाभट गोरु बिरामी हुने र  मर्ने गरे को ले किसान चिन्तित भएका छन् । यस समस्या लाई  मध्यनजर गर्दै गोठगाँऊ वडा ले हाते ट्याक्टर बितरण गरेको छ।  हाल सम्म गोठगाँऊ मा लम्पी स्केन रोग को कारण ६०० को हारा हारी मा बस्तुभाउ  बिरामी परेका छन भने १३ वटा बस्तु बाख्रा मरेका छन जस्मा गोरु-३ गाई -२ बाख्रा -८ गरी जम्मा १३ वटा बस्तु बाख्रा मरेका छन् । यस रोग नियन्त्रण को लागि गोठगाँऊ वडाले निःशुल्क औषधि उपचार गरि रहे को वडाअध्यक्ष रेख बहादुर खत्री ले बताउनु भयो ।

\"\"

गोठगाँऊ वडा कार्यालय ले ८ ओटा हाते ट्याक्टर बितरण गरेको छ । भने सो ट्याक्टर लाई वडा कार्यालय ले आवश्यक पर्ने ठाउँमा निम्न अनुसार बितरण गरेको छ।

* साबिक वडा न. – १ मा = १ ( क्षत्र बहादुर बोहोरा )
* साबिक वडा न. -४ मा = १ ( मधुकर बस्नेत)
* साबिक वडा न . ५ मा = २ ( सितराम कार्की र दिल बहादुर खड्का)
* साबिक वडा न . ६ मा = २ ( राम बहादुर सार्की र बाबुराम कार्की )
* साबिक वडा न . ७ मा = १ ( केशर बहादुर मगर )
* साबिक वडा न. ८ मा = १ ( खड्ग बहादुर श्रेष्ठ)

माथि उल्लेख भय अनुसार गोठगाँऊ वडा ले ८ ओटा ट्याक्टर बितरण गरे को छ। भने अब केहि हत सम्म खेती बाली लगाउन सहज हुने छ ।

रामेछाप नगरपालिका- १ गोठगाँऊ का कार्यवाहक वडाअध्यक्ष- संजित कार्की ले rbnonlinekhabar.com लाई बलाउनु  भयको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top