काठमाडौं । प्रभास केसी हरिराम बने कोटेश्वर क्याम्पस का नेविसंघ का कार्यवाहक सभापति। राजनीतिमा सानै देखि रुचि भएका र विद्यालय तहमा बाल क्लबको समेत अध्यक्ष भूमिका निर्वाह गरेका प्रभास केसी (हरिराम)ले पाए कोटेश्वर क्याम्पसको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।
नेबिसंघ कोटेश्वर क्याम्पसको कार्यबाहक सभापतिको जिम्मेवारी पाएपछि केसीले टुहुरो भएको नेबिसंघमा आफू राजनिती गर्न नआएको बताँउदैँ गरिब विद्यार्थीको हक अधिकार सुनिश्चित गर्न र क्याम्पस मा आइपर्ने विद्यार्थीको समस्याको समाधान गर्न, क्याम्पसमा हुने शैक्षिक माफिया र लुटतन्त्रको अन्त्य गर्न आएको बताएका छन्।
अन्य संगठनलाई चुनौती दिन सक्ने साहसी, निडर र लगनशील ब्यक्तिको रुपमा रहेका केसीले कोटेश्वर क्याम्पस नेपाल विद्यार्थी संघको रिक्त रहेको कार्यबाहक सभापति पदको जिम्मेवारी पाएका हुन्
नेपाल विद्यार्थी संघ कोटेश्वर क्याम्पसका उपसभापति समेत रहेका प्रभास केसी कार्यबाहक सभापतिमा मनोनयन भएको नेपाल विद्यार्थी संघ कोटेश्वर क्याम्पस इकाईले जनाएको छ।
अब नेतृत्वको जिम्मा आफ्नो काधँमा आएको अनुभूती भएको बताउँदै सहि गन्तव्यसम्म शिक्षा क्षेत्रको विकाशमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?