२०८०-०३-२९
काठमाडौं |कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनहरुले प्रतिबद्धता गरेका छन् । स्ववियु अध्यक्ष संजय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् ।
सहमतिपत्रमा नेविसंघका इकाइ सभापति हरिराम खत्री (प्रभास), अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्ष सरोज रायमाझी, अनेरास्ववियू संयोजक शैलेन्द्र श्रेष्ठ, अखित क्रान्तिकारी (विप्लव) संयोजक मिठू टमटा र अनेरास्ववियू प्रतिनिधि सुशीला दाहालले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गरियको पत्रमा भस्तो भनियको छ ।
विद्यार्थी सङ्गठनहरूका शैक्षिक र प्रशासनिक असहमति रहेमा शान्तिपूर्ण वातावरणमा क्याम्पस प्रशासन र सरोकारवालासँग शैक्षिक, प्रशासनिक र प्राज्ञिक विमर्श गरी समाधान निकाल्न तत्पर भई आज उप्रान्त कुनै पनि बहानामा शैक्षिक खलल पुग्ने गरी तालाबन्दी, सदैवका लागि अन्त्य भएको घोषणा गर्दै यो प्रतिबद्धता विज्ञप्ति जारी गर्दछौं । स्ववियू अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?