इलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म (ट्विटर) किन्नको लागि ४४ बिलियन डलर को सम्झौताबाट बाहिरिएको घोषणा गरेपछि सोमबार ट्वीटरको शेयर घटेको छ।
ट्विटरले साइटमा स्प्याम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी प्रदान गर्न असफल भएको दाबी गरेपछि टेस्ला सिईओ मस्क पछि हटेका थिए।
सोमबारको प्रारम्भिक कारोबारमा ट्विटरको सेयर मूल्य लगभग $३४.४० मा रह्यो- मस्क र ट्विटरको बोर्डले अप्रिलमा सहमति गरेको $५४.२०-एक-सेयर टेकओभर मूल्य भन्दा तल झर्दै गयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?