चितवन । टिकौली जंगलमा आज भयानक दुर्घटना भएको छ । अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केहि मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो करिब ११ः४० बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बिपरित दिशाबाट लास बोकी देवघाटतर्फ जादै गरेको ना २ च ८४४६ नम्बरको बलेरोलाई ठक्कर दिई बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्रबका मोटरसाइकलहरु, बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरहरुलाई एकैचोटी ठक्कर दिएको हो ।
घाइतेहरूलाई भरतपुर अस्पताल, मेडिकल कलेज लगायत विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ । भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको घाइतेहरूमा चितवन खैरहनी न.पा- ४ बस्ने वर्ष अं.६०/६५ को कृष्णबहादुर तामाङ, हेटौडा १४ बस्ने वर्ष अं.६०/६५ को महोन तामाङ, खैरहनी न.पा.१ बस्ने वर्ष अं.८२ को जित बहादुर तामाङ, रत्ननगर१४ बस्ने वर्ष अं.५०/५५ को कुसुम बहादुर राना, सोही ठाउँका वर्ष ३८ को सुरेश श्रेष्ठ, रत्ननगर ९ का वर्ष अं.३०/३५ को किशोर तामाङ र रत्ननगर १४ का वर्ष अं.५०/५५ को डोलबहादुर कार्की छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको डीएसपी पण्डितले जानकारी दिएका छन् ।
त्यसैगरी रत्ननगर १४ बस्ने वर्ष ४१ को पुर लामा, सोही ठाउँका मध्यम ५५ वर्षका बुद्रिराम तामाङ, रत्ननगर १६ का वर्ष ४४ को रेशम पोख्रेल, काठमाण्डौ गोकर्ण ४ बस्ने वर्ष ४८ की तारा श्रेष्ठ र रत्ननगर १६ घर भएका वर्ष ४७ को दिल बहादुर घिसिङको मध्यम अवस्थाका घाइते छन् । उनीहरूको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले कलेज बस चालक नवलपुर गैडाकोट नगरपालिका–९ बस्ने बर्ष २६ को आशिष परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?