२०८० असोज २ गते
रामेछाप | रामेछाप नगरपालिका-१ गोठगाँऊ मा अवस्थित श्री भूमेश्वर आधारभूत बिद्यालय गोठगाँऊ ले बिभिन्न कार्यक्रम गरि शिक्षा दिवस मनाएको छ।
कार्यक्रम मा समावेशी र सिपमुलक शिक्षा, स्वदेशमा युवा राष्ट्र को ईच्छा भन्ने नारा सहित आज असोज २ गते बिद्यालय परिसर वरिपरी नारा लगाएर राष्ट्रिय शिक्षा दिवस मनायका छन् ।
त्यसै गरी कार्यक्रम मा हाडि फुटाई, गणित अंक खेल , म्युजिकल चियर, वक्तृत्वकला, गायन , नृत्य लगायत का बिभिन्न कार्यक्रम गरि राष्ट्रिय शिक्षा दिवस मनायका छन् ।
वक्तित्वकला मा प्रथम संयोग सापकोटा त्यसैगरी द्वितीय पबित्रा कार्की तृतीय बिविसा कार्की र चौथो निशान तामाङ भयका छन् ।
म्युजिकल चियर कक्षा ४ र कक्षा ५ को लागि खेलाईएको खेल मा प्रथम प्रिंयका थापा द्वितीय कमल श्रेष्ठ र तृतीय टिकाराम बस्नेत भयका छन्
त्यसै गरी कक्षा १ देखि कक्षा ३ सम्म खेलाइयको म्युजिकल चियर खेल मा प्रथम निशान श्रेष्ठ द्वितीय मनिक कठायत र तृतीय बिमला कठायत भयका छन्
गणित अंक खेल मा प्रथम जेनिशा तामाङ द्वितीय पुर्ण श्रेष्ठ र तृतीय धनमाया श्रेष्ठ भएकी छन् ।
त्यसै गरि रोचक खेल हाडि फुटाई खेल मा कक्षा ७ का किशोर बस्नेत ले हाडि फुटाएका छन्
साङ्गीतिक प्रस्तुति तर्फ उमा श्रेष्ठ पुरस्कृत भए की छिन भने ओडमिनिङ्ग तर्फ भने पबित्रा कार्की प्रथम द्वितीय मनिषा कार्की र स्वस्तिका बोहोरा तृतीय भयकि छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?