RBN Online खबर

रामेछापको मन्थली आउँदै गरेको ईलेक्ट्रोनिक गाडी धुलिखेलमा दुर्घटना,एकको मृत्यु

RBN ONLINE खबर

२०८० कार्तिक १ गते

रामेछाप | बीपी राजमार्गको धुलिखेल सुन्दर बस्तीमा मोटरसाइकल र इभी माइक्रो एकआपसमा ठोकिँदा एक यात्रुको मृत्यु भएको छ । बुधबार(आज) बिहान ६ : ४५ बजे काठमाडौंबाट मन्थली आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ज ०२९८ नं. को ईलेक्ट्रोनिक गाडीले ईलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्कर दिएर भाग्ने क्रममा गाडीमा सवार रामेछापको मन्थली नगरपालिका– १२ कि २० वर्षीया रमिला बुढाथोकी घाइते भएकी थिइन् । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहान ७ः३० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त दुर्घटनामा ईलेक्ट्रोनिक गाडीमा सवार मन्थली नगरपालिका–१ की पुष्पा तामाङ, लिखु तामाकोसी गाउँपालिका– ६ का टंकप्रसाद दाहाल, मन्थली नगरपालिका– २ की ज्ञानु ढुंगेल, मन्थली नगरपालिका– १ की रकिट ढुंगेल, लिखु तामाकोसी गाउँपालिका– ६ का अनिल आलेमगर, सिन्धुली सुनकोसी गाउँपालिका –३ की उर्मिला घिमिरे पनि घाइते भएका छन्।

मोटरसाइकल चालक ईलाम थाकथुम गाउँपालिका –३ का ४० वर्षीय रामकुमार राईको ढाडमा चोट लागेको र उहाँका श्रीमती ३९ वर्षीया प्रविशा सुनुवारको देब्रे खुट्टामा चोट लागेको छ । उनीहरुको धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने ईलेक्ट्रोनिक गाडीका चालक काभ्रे पनौती नगरपालिका –५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ।

eramechhap.com बाट साभार गरियको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top