RBN Online खबर

बानेश्वर क्याम्पस मा फुटसल प्रतियाेगिता र हाजिरी जवाफ प्रतियाेगिता नेविसंघ ले समापन गरेकाे छ

RBN ONLINE खबर

२०८० पौष ८ गते

काठमाडौँ | बानेश्वर बहुमुखी क्याम्पस द्वारा अायाेजित अतिरिक्त क्रियाकलाप अन्तरगत फुटसल प्रतियाेगिता गत शुक्रबार बाट शुरू भएकाे थियाे ।जस अन्तर गत छात्र सेमिफाइनल र फाईनल गेम अाज सम्पन्न भएको छ।

आज भएकाे सेमिफाइनल गेममा टिम लोकेन्द्र बुढाले टिम बिमल माझीकाे टिमलाई पराजित गर्दै फाईनलकाे यात्रा तय गरेकाे थियाे भने गत शुक्रबार नै टिम पेशल अाेझा काे टिम फाईनलकाे यात्रा तय गरिसकेकाे थियाे ।।
फाईनल गेममा टिम पेशल अाेझाकाे टिमले सानदार ३-० गाेल अन्तरले टिम लोकेन्द्र बुढा काे टिम लाई पराजित गर्दा विजेता बन्न सफल भयाे।

कार्यक्रम लाई समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि बानेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.घमानसिंह ज्युले विजेता टिमलाई बधाई एंवम अागामि दिनकाे हार्दिक शुभकामना दिनुभएकाे थियाे ।


मन्तब्य कै क्रममा प्रमुख ज्युले उपविजेता एंवम सहभागी टिमलाई निराश नहुन् आग्रह गर्नु भएकाे थियाे ।खेलाडि विद्यार्थीहरू लाई अाफु कहाँ चुके र अब कसरी याे भन्दा राम्रो प्रदर्शन गर्ने सकिन्छ भन्ने सुझाव दिनु भयाे ।

सुझाव दिने क्रममै विद्यार्थी खेलाडि लाई अनुसासन,ईमानदारीता,लगनशीलता ,धैर्यता रहन् आग्रह गर्नु भयाे र अागामि दिनमा विद्यार्थी खेलाडीलाई हरदम सहयाेग रहने प्रतिवद्वता राख्नु भयाे ।

बानेश्वर बहुमुखी क्याम्पस अतिरिक्त क्रियाकलाप अन्तरगत सम्पुर्ण खेल लाई सफल पर्ने महत्त्वपूर्ण भुमिका खेल्ने संचालक समिति ,प्राध्यापक,कर्मचारी ,विद्यार्थी संगठनहरू ,विद्यार्थी नेता,पत्रकार,सुरक्षाकर्मी,विद्यार्थीलाई विशेष धन्यवाद दिदैं अागामि दिनमा पनि यस्तै माया ,सद्वाव लागि अपेक्षा राख्नु भएकाे थियाे ।

फुटसलका उप-संयाेजक नेपाल विद्यार्थी संघ बानेश्वर बहुमुखी क्याम्पसका  नेता निराजन कार्कीका अनुसार प्रतियाेगितामा सबै भन्दा धेरै विद्यार्थी खेलाडी सहभागी गरेर प्रतियाेगिता सब्य र भब्य गरेकाे जानकारी दिनु भएकाे छ।

त्यस्तै नेपाल विद्यार्थी संघले हाजिरी जवाफ प्रतियाेगिता पनि समापन गरेकाे छ।
कार्यक्रमका उप-संयाेजक ने.वि नेता बिजय कार्की अनुसार
प्रतियाेगिता मर्यादित ढंगले समापन भएकाे जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top