RBN Online खबर

कस्मेटिक सामानको नक्कली उत्पादन गर्ने एक ब्यक्ति पक्राउ परेका छन्

२०८० पौष १६ गते

काठमाडौं | कस्मेटिक सामानको नक्कली उत्पादन गर्ने एक ब्यक्ति पक्राउ परेका छन् ।
परेली आयुर्वेदा हाउस, भक्तपुरकाे कस्मेटिक उद्योगकाे नाम दर्तानम्बर हुबहु राखी जाइफल तेल नाम काे सामान उत्पादन गरी बिक्री वितरण गरेको कारण मैतीदेवी काठमाडौं मा बस्ने सुमन श्रेष्ठ पक्राउ परेका छन् ।


प्रहरी बृत सिंहदरबारकाे टोलीले सो सामानको प्रेस प्रिन्ट गर्ने छापाखाना हारती प्रेस बागबजार बाट निजलाई पक्राउ गरिए काे हो
सुमन श्रेष्ठले टेली एक्प्रेस प्रा.ली नामकाे कम्पनी खडा गरी विभिन्न सामान नकली उत्पादन गरी बिक्री वितरण गरेको पाइएको छ ।

निजलाई उजूरीकाे आधारमा प्रक्राउ गरिएको हो र अरू कम्पनी तथा ब्यक्तीहरु ले पनि परेली आयुर्वेद हाउसकाे नाम दर्ता नम्बर र ठेगाना राखी जाइफल तेल उत्पादन गरेको र बिक्री वितरण गरेको सूचना प्राप्त भएको र छिटै पक्राउ पर्ने जानकारी प्राप्त भए काे छ।
गैरकानुनी कार्य गर्ने सुमन श्रेष्ठ लाई प्रहरी वृत्ति सिंहदरबार हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top