२०८० माघ ७ आइतबार
काठमाडौँ | काठमाडौँको तीनकुने स्थित बागमति नदी किनारमा रहेको व्यन्जन हाउसमा दुई दिन ‘विन्टर फेस्टिवल अर्गानिक मार्केट’ सुरु भएको छ ।
व्यन्जन हाउसमा आइतबार बाट फेस्टिवल सुरु भएको हो उक्त मेला दुई दिन सम्म आज आइतबार र सोमबार चल्ने छ।
मेलामा अर्गानिक उत्पादनलाई स्थान दिइएको छ । भने फेस्टिवलको अवसरमा व्यन्जन हाउसले रेस्टुरेन्टका परिकारमा १५ प्रतिशत छुट पनि दिएको छ ।
अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नको लागि फेस्टिवलको आयोजना गरिएको व्यन्जन हाउसले जनाएको छ । फेस्टिवलमा अर्गानिक फुड स्टल, जाडोका कपडाका स्टल, लाइभ फुड स्टल, लाइभ बेकरी, लाइभ गीत संगीतको व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?