२०८१ जेठ ५ गते
रामेछाप । खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि कार्यक्रम स्थगित भएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका छन् भने केहीलाई कार्यकर्ताले लखेटेका छन् ।
भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्किदैछन् भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षितरुपमा मन्थली लगेको छ ।
अधिवेशनमा आसनग्रहणको विवाद भएर कुटपिटमा परिणत भएको जानकारी आएको रामेछापका डिएसपी प्रदिपकुमार सिंहले RBN Khabar लाई बताए । उनका अनुसार जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका छन् ।
लखेट्नेक्रममा ढुंगामुढा भएको थियो भने कुटाइबाट केही नेता रक्तामत्य भएका छन् । चौलागाई र थोकरप्रति पहिलेदेखि नै कार्यकर्ता असन्तुष्ट रहेको र लोकप्रिय व्यक्तिलाई नेतृत्व नस्वीकार्ने भनेपछि विवाद बढेको कार्यक्रमका एक सहभागीले बताए । कुटाकुटपछि कार्यक्रम स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?