RBN Online खबर

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झन्डै ८ करोडभन्दा बढी

RBN ONLINE खबर

२०८१ जेठ ८ गते

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड रुपैयाँ देखिएको हो ।

सम्पत्ति विवरणमा मन्त्री श्रेष्ठको नाममा रहेको बैंक खातामा १ करोड ५२ लाख र उनका श्रीमान् पावल स्विन्स्कीको नाममा ५ करोड ५७ लाख ८४ हजार ११९ गरी कुल ७ करोड ९८ लाख चार हजार ११९ उल्लेख छ ।

उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८–६–३० क्षेत्रफलको जग्गा किनेको देखिन्छ । श्रेष्ठले उक्त जग्गा संयुक्त नाममा रहेको र आफ्नो पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन् ।

उनले चल सम्पत्तितर्फ ११ तोला सुन रहेको, जसमध्ये २०७५ असार ८ गते विवाह हुँदा १० तोला सर १ तोला आफ्नी हजुरआमाको मृत्युपछि पाएको विवरणमा लेखेकी छन् ।

श्रेष्ठले आफूले १०० तोला चाँदी विवाहमा उपहार पाएको र  हिराको सेट र हिराको टप पनि रहेको उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top