२०८१ जेठ ९ गते
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ दुरागाउँ स्थित कट्टी मा डेक बजाउँदा करेन्ट लागेर एकजना १३ वर्षीय बालकको मृत्यु भएको छ।
बुधवार बिहान ९ बजेको समयमा घरमा साउन्ड सिस्टम (डेक) बजाउने क्रममा करेन्ट लागेर १३ वर्षीय पाण्डव खुट्टेको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष प्रदीप कुमार तामाङले बताए । उनको सबलाई अहिले पोस्टमार्टमको लागि सदरमुकाम मन्थली काे मन्थली अस्पतालमा ल्याइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?