RBN Online खबर

बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु

RBN ONLINE खबर

२०८१ जेठ १० गते

गुलरिया । बर्दियामा आज बाघको आक्रमणबाट ३५ वर्षीया मनिसा रोकाय मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छिन् ।

बाँसगढी नगरपालिका-४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारूसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top