२०८१ जेठ ३२ गते
२०२३ को डिसेम्बर सुरु तिर स्थापित नमस्ते ग्रुप ओशाका जापानले यही २०२४-६-१० गतेका दिन भब्य सांगितीक साँझ सम्पन्न गरेको छ ! स्थापना भएको छोटो समयमै दुईवटा सांगितीक कार्यक्रम गरेको खबर नमस्ते ग्रुपका सदस्य ले बताएका छन् ! पहिलो चरणको सांगितीक कार्यक्रम (अनाथ आश्रम सहयोगार्थ दुर्गेश कार्की एकल साँझ)बाट भव्य रूपमा सु सम्पन्न भएको थियो ! उक्त कार्यक्रमबाट संकलित रकम नेपालमा अनाथ बालबालीका तथा दुःखी पिडित लाई सहयोग गरिएको थियो ! दोश्रो सांगितीक साँझ डा. महाबीर पुनले स्थापना गरेको राष्ट्रीय आविष्कार केंद्रलाई आर्थिक सहयोग गर्ने लक्ष्यका साथ सम्पन्न भएको छ। उक्त सांगितीक साँझ ओशाका स्थित जिग्री दोहोरी साँझमा, अतिथी कलाकार रिना केसी, दुर्गेश कार्की र केशव शर्माको साथमा करीव एकसय भन्दा बढि दर्शकको बिचमा कार्यक्रम सम्पन्न भएको थियो! यो अभियान का लागी थुप्रै ले गर्नु भएको आर्थिक भौतिक नैतिक सहयोग का लागी एन आर एन ए अभियान्त समाजसेवी “नरेन्द्र बस्नेत त्यसैगरी देवेन्द्र थापा लगायत सम्पूर्ण सहयोगी लाई धन्यवाद सम्मान समेत व्यक्त गरेको छ/गर्ने भएको छ।
अतिथी र दर्शकहरुलाई एऊटै दर्शक दिर्घामा राखेर पृथक ढंगले गरिएको कार्यक्रमको अन्त्यमा तिनै जना कलाकारलाई खादा, नगद र प्रमाण पत्र सहित गल्कोट समाज जापानका केन्द्रीय उपाध्यक्ष गौरीशंकर गैरे र नमस्ते ग्रुप ओशाकाका सदस्य गणेश के.सी को हातबाट तीनैजना कलाकारको उच्च प्रशंसा गर्दै सम्मान कार्यक्रम सम्पन्न भएको ब्यहोरा संस्थाका सक्रिय सदस्य बेल बस्नेतले जनाएका छन् ! उक्त सांगितीक कार्यक्रमको संचालन गल्कोट समाज कान्साईका सल्लाहकार नरबहादुर थापाले गरेको ख़बर संबद्ध निकायले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?