२०८१ असार १४ गते
रामेछाप । रामेछापको खिम्ति लामपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
खिम्ति बिर्ता गैरीबाट बिहान ७ः३० वजे काठमाण्डौका लागी छुटेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ६ केउरेनी लाम पानीमा दुर्घटना भएको हो ।
सो दुर्घनामा परि घाइते हुनेहरूमा बस चालक सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ५ का अन्दाजी बर्ष ४० को यादव खत्री, बसका साहु दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं .५ बस्ने अन्दाजी वर्ष ४२ को दिपक श्रेष्ठ रहेका छन ।
यसैगरी लिखु तामाकोशी गाउँपालिका ६ बस्ने अन्दाजी वर्ष २१ कि सबिना श्रेष्ठ,सविनाकी छोरी १ वर्षकी सुजता श्रेष्ठ,सोही ठाउँकी वर्ष ४२ की साबित्रा घिमिरे,वर्ष ५७ को मान बहादुर श्रेष्ठ,बर्ष.५० को टेक बहादुर श्रेष्ठ,बर्ष १९ को झलक बहादुर श्रेष्ठ,वर्ष ४४ कि शंख कुमारी तामाङ र वर्ष ४१ कि सकुन्तला श्रेष्ठ रहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।
घाइते सबैलाई उपचारको लागी मन्थली स्थित विभिन्न अस्पतालहरुमा ल्याइएको छ । घाइतेहरुको अवस्था मध्यम रहेको बताइएको छ । सडकको बायाँ साइडको टायर माटो फिलिङ गरेको कच्चि सडकको बायाँ भागमा फसेर सडक भासिदा अन्दाजी २०÷२५ मिटर तल खसेर बस दुर्घटना भएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?