काठमाण्डाैँ , असाेज ५ जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि स्थगित गरिएको कृष्णपुर नगरपालिकाको प्रशासनिक सेवा आजदेखि आंशिकरूपमा पुनः सुरु गरिएको छ।

नगर प्रमुख र सुरक्षाकर्मीहरूको सहकार्यमा नगरपालिकाको केही अत्यावश्यक सेवा, जस्तै जन्म-मृत्यु दर्ता, नागरिकता सिफारिस, र स्वच्छ पानी वितरण सम्बन्धी कामहरू सञ्चालनमा ल्याइएको छ ।गत साता भएको जेनजी आन्दोलनको क्रममा आक्रोशित भीडले नगरपालिकाको मुख्य प्रशासनिक भवनमा आगजनी गरेका थिए। सो आगलागीबाट थुप्रै सरकारी कागजातहरू नष्ट भएका थिए भने कार्यालयका फर्निचर र उपकरणहरूमा पनि व्यापक क्षति पुगेको थियो।
सुरक्षाको दृष्टिकोणले नगरपालिकाको सेवा हाल अस्थायी स्थानबाट दिइँदैछ। स्थानीय प्रशासनले आन्दोलनका कारण भएको क्षतिको मूल्यांकन गर्दै दोषी पहिचान गर्न छानबिन समिति गठन गरेको छ।यसैबीच, स्थानीयबासीले नगरपालिका सेवा पुनः सुरु हुनु सकारात्मक पक्ष भएको जनाएका छन्। तर उनीहरूले सुरक्षित र स्थायी सेवा प्रदानका लागि दीर्घकालीन समाधान आवश्यक रहेको पनि बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


