RBN Online खबर

२० घन्टादेखि जाममा फसेका यात्रुलाई प्रहरीले बाँडे खाजापानी

काठमाण्डाैँ,असाेज ५- नारायणघाट-मुग्लिन सडक खण्डमा शुक्रबार साँझदेखि लगातार गइरहेको पहिरोले यात्रुहरू घन्टौं घन्टा जाममा बस्न बाध्य भएका छन्। त्यहाँको पहिरोले पृथ्वी राजमार्गका यात्रुसमेत जाममा फसेका छन्।

काठमाडौंका सुरेश गजुरेललाई नागढुंगाबाट मुग्लिन पुग्न झन्डै २० घन्टा लाग्यो।

गल्छीबाटै जाममा पर्न थालेका उनी २० घन्टापछि मुग्लिन कटेर आँबुखैरेनीतिर लागेका हुन्।

‘तुइन खोलामा पहिरो झरेर चितवनबाट गाडी आएका छैनन् भन्ने त सुनेको थिएँ। तर त्यसको असर पृथ्वी राजमार्गमा पनि परेको भन्ने मलाई हेक्का भएन, झन्डै २० घन्टा जाममा बस्नुपर्‍यो,’ पर्यटक पथ प्रदर्शक रहेका उनले भने।

उनका अनुसार कैयन् यात्रु अहिले पनि बाटैमा अलपत्र छन्। गाडीमै बास बसेका कतिपय यात्रुले खाना खान पाएका छैनन्। पिउने पानीकै पनि समस्या छ।

यसबीच चितवनको जिल्ला सुरक्षा समिति र स्थानीय व्यवसायी अहिले अलपत्र यात्रुलाई खाजा र पानी वितरणमा जुटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top